← समाचारमा फर्कनुस्
Football Jul 04, 2024 · Swadesh

इन्टर मियामी विजयी

इन्टर मियामी विजयी

काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध इन्टर मियामीले विजयी हासिल गरेको छ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरे। त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेको गोल सान्त्वना बन्यो। 

जितसँगै इन्टर मियामीले मेजर लिग सकरको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४७ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ। त्यस्तै चार्लेटको भने २२ खेलमा ३२ अंक रहेको छ र लिगमा छैठौं स्थानमा छ।

यस खेलमा चार्लोटका पाट्रीकले ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए।

मुख्य खेलाडी लियोनेल मेस्सी र लुइस स्वरेज कोपा अमेरिका खेल्न टिम बाहिर रहेका बेला इन्टर मियामीले लगातार जित हासिल गरिरहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →