← समाचारमा फर्कनुस्
Football Aug 25, 2024 · Swadesh

स्वरेजको दुई गोलमा मियामी विजयी

स्वरेजको दुई गोलमा मियामी विजयी

काठमाडौँ । लुइस स्वरेजको दुई गोल प्रेरित अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले सिनसिनाटीलाई पराजित गरेको छ ।

आइतबार विहान सम्पन्न खेलमा इन्टर मियामीले सिनसिनाटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

स्वरेजले खेलको पहिलो र छैटौं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमै २–० को अग्रता बनाएको मियामीले दोस्रो हाफमा थप गोल भने गर्न सकेन। 

खेलमा इन्टर मियामीले टोमस एविल्सले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि इन्टर मियामी १० खेलाडीमा सिमित भएको थियो।

जितसँगै इन्टर मियामीको २६ खेलमा ५६ अंक भएको छ र एमएलएसको इस्टर्न कन्फेरेन्सको शिर्ष स्थानमा रहेको छ। त्यस्तै, सिनसिनाटीको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →