← समाचारमा फर्कनुस्
Cricket Jul 30, 2025 · Swadesh

चोटका कारण स्टोक्सले नखेल्ने

चोटका कारण स्टोक्सले नखेल्ने

इंग्लिस कप्तान बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् । काँधको चोटका कारण स्टोक्स टिमबाट बाहिरिएका हुन् । अब उनको स्थानमा ओली पोपले कप्तानी गर्नेछन् ।

सिरिजको निर्णायक सावित हुन सक्ने टेस्ट भोलि बिहीबारदेखि लन्डनको ओभलमा सुरु हुँदैछ । म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा भएको चौथो टेस्टमै पनि स्टोक्सले अन्त्यतिर बलिङ गरेका थिएनन् ।

इंग्ल्यान्डका लागि स्टोक्सको अनुपस्थिति ठूलो धक्का मानिएको छ । यो सिरिजमा उनले इंग्ल्यान्डका लागि ब्याटिङ र बलिङ दुवैमा महत्त्वपूर्ण योगदान गरेका थिए ।

कुल पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →