TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 17, 2025 · Swadesh

इन्डो नेपाल टी-२० च्याम्पियनसिपको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

इन्डो नेपाल टी-२० च्याम्पियनसिपको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा हुने इन्डो-नेपाल टी२० च्याम्पियनसिप क्रिकेटको तयारी पूरा भएको छ । 

प्रतियोगिता यही पौष ४ देखि १३ गतेसम्म गौतम बुद्ध क्रिकेट मैदानमा आयोजना हुने संघले जनाएको छ । 


प्रतियोगितामा नेपालबाट नेपालको तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब, चितवन क्रिकेट क्लब को सहभागिता रहनेछ । यस्तै भारतबाट दुई टिम आउनेछन् । भारतको कोलकाताबाट कोलकाता ईन्स्टिच्युट क्लब र दिल्लीको दिल्ली वन्डरर्स क्लब टिम हुनेछ । भारतीय टिममा रणजी र आईपीएलको अनुभव भएका खेलाडीहरु समावेश हुने आयोजकले जानकारी दिएको छ । 


यस इन्डो-नेपाल टी-२० च्याम्पियनसिप क्रिकेट मार्फत नेपाल र भारत दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास छ । 


प्रतियोगिताको दर्शकहरुको लागि बाउण्ड्री बाहिर वान ह्याण्ड क्याच गर्दा नगदसहित आकर्षिक पुरस्कारको व्यवस्था समेत रहेको छ । यसले दर्शकलाई खेल हेर्न अझै उत्साही बनाउने विश्वास छ । 


प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कार चाँडै घोषणा गर्ने चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पियाले जानकारी दिए । 


प्रतियोगिताका खेलहरु हिमालयन प्रिमियम एचडी र मकालु टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →