← समाचारमा फर्कनुस्
Cricket Nov 13, 2023 · Nepalsports

नेदरल्यण्डसमाथि भारतको शानदार जित

नेदरल्यण्डसमाथि भारतको शानदार जित

विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा भारतले नेदरल्याण्डसमाथि १६० रनको शानदार जित निकालेको छ। 

सुरुमा ब्याटिङ गरेको भारतले चार विकटेको क्षतिमा ४१० रन बनाएको थियो। नेदरल्याण्डविरुद्ध विशाल लक्ष्य बनाउन भारतका श्रेयस ऐयर र केएल राहुलले शतक प्रहार गरे ।

भारतका कप्तान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीले अर्धशतक बनाए ।

विशाल रनको लक्ष्य पाएको नेदरल्याण्डस ४७.५ ओभरमा २५० रन बनाएर अलआउट भयो। नेदरल्याण्डसका लागि तेजा निदामानुरुले अर्थशतक बनाए।

यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले नौ खेलमा सबै जित निकाल्दै १८ अंक बनाएको छ। 

योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। विश्वकप २०२३ को सेमिफाइनलमा भारतसँगै दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजल्याण्ड पुगेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →