← समाचारमा फर्कनुस्
Cricket Jun 11, 2023 · Shishir

भारतलाई हराउदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई

भारतलाई हराउदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियालाई

काठमाडौ- भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको छ।

आइतबार सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई २०९ रनले पराजित गरेको हो। 

अन्तिम दिनको खेलमा ४४४ रनको लक्ष्य पछ्याएको भारतीय टोली पहिलो सत्रमा २३४ रनमा अलआउट भयो। दोस्रो इनिङ्समा कुनै पनि भारतीय ब्याट्सम्यानले ५० रन छुन सकेनन्। भारतका लागि विराट कोहलीले सर्वाधिक ४९ रन बनाए। उनले ७८ बलमा ७ चौका प्रहार गरे।

भारतका लागि अजिंक्या रहाणेले १०८ बलमा ७ चौकासहित ४६ रन बनाए। भारतका लागि ओपनर रोहित शर्मा र शुभमन गिलले ७.१ ओभरमा ४१ रनको साझेदारी गर्दै राम्रो शुरूआत गरेका थिए। स्कट बोलान्डको बलमा क्यामरन ग्रीनबाट क्याच आउट हुनुअघि गिलले १८ रन बनाए।

टेस्ट च्याम्पियनसिपमा टेस्ट क्रिकेट खेल्ने विश्वका नौ वटा देश सहभागी थिए। टेस्ट मान्यता पाएका जिम्बावे, अफगानिस्तान र आयरल्यान्ड यो प्रतियोगितामा सहभागी थिएनन्। 

दुई वर्ष चलेको प्रतियोगितामा इंग्ल्यान्ड ले सर्वाधिक २२ खेल खेलेको थियो। अस्ट्रेलियाले १९ र भारतले १८ खेल खेलेका थिए। सबैभन्दा कम बंगलादेश र श्रीलंकाले १२-१२ खेल खेलेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →