← समाचारमा फर्कनुस्
भारतले जित्यो साफ यू-१९ को उपाधी

काठमाडौ_ नेपालमा सम्पन्न साफ यू-१९ फुटबलको उपाधी भारतले जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानविरुद्ध ३-० गोलको सहज जित निकाल्दै भारत च्याम्पियन बनेको हो।
भारतको जितमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मंग्लेथान किपगेन नायक बने।
उनले दोस्रो हाफको १९औ र ३९ औ मिनेटमा दुवै गोल गरे।
त्यस्तै दोस्रो हाफको इन्जुरि समयमा ग्वामसार गोरेले अर्को गोल थपे।
यो जितसंगै भारतले साफ यू-१९ को उपाधीमा ह्याट्रिक गरेको छ। यसअघिका दुवै संस्करणको उपाधी भारतले जितेको थियो।
भारतले सेमिफाइनलमा घरेलु टोली नेपाललाई पेनाल्टीमा पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |