← समाचारमा फर्कनुस्
भारत एशिया कपको फाइनलमा

श्रीलंकालाई हराउँदै भारत एशिया कपको फाइनलमा पुगेको छ।
सुपर फोर खेलमा मंगलबार राति श्रीलंकालाई ४१ रनले पराजित गर्दै ४ अंकका साथ फाइनलमा स्थान बनाएको हो।
जितका लागि २१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १७२ रन बनाउँदै अलआउट भयो।
भारतका कुलदीप यादवले ४ विकेट लिए। रविन्द्र जडेजा र जस्प्रित बुमराहले २–२, तथा हार्दिक पान्ड्या र मोहम्मद शिराजले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारत ४९.१ ओभरमा २१३ रनमा अलआउट भएको थियो।
भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५३ रन बनाए।
बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ। उक्त खेलको विजेता टोली फाइनल पुग्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |