← समाचारमा फर्कनुस्
Cricket Sep 20, 2025 · Swadesh

भारत २१ रनले विजयी

भारत २१ रनले विजयी

काठमाडौँ। एसीसी एसिया कप टी–२० क्रिकेटमा भारतले समूह चरणका सबै खेलमा विजयी हासिल गरेकाे छ।


शुक्रबार राति सम्पन्न खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको हो। भारतले दिएको १८९ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो।


ओमानका लागि आमिर कालिमले ६४, हमाद मिर्जाले ५१ र कप्तान जतिन्दर सिंहले ३२ रन बनाए।


यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले सन्जु सामसनको ५६ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो।


याेसँगै एसिया कपको समुह चरणका खेल सकिएका छन्। समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेशले सुपर फोरमा स्थान बनाएका छन्। अब सुपर फोरका खेल आजदेखि शुरु हुँदैछन्। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →