← समाचारमा फर्कनुस्
भारतको नाटकीय जित

भारतले इंग्ल्यान्डमाथि सोमबार छ रनको नाटकीय जित निकालेको छ । पाँचौं, अन्तिम तथा निर्णायक टेस्टको अन्तिम दिन प्राप्त यस सनसनीपूर्ण जितपछि पाँच टेस्टको सिरिज २–२ को बराबरीमा टुंगेको छ ।
उतारचढावपूर्ण खेलमा इंग्ल्यान्डलाई जितका लागि ३ सय ७४ रन चाहिएकोमा ३ सय ६७ रन बनाएर अलआउट भएको थियो । हारले इंग्ल्यान्ड सिरिज जित्न असफल रह्यो ।
इंग्ल्यान्डले पाँचौं दिनको सुरुआत गरेको थियो, छ विकेट गुमाएर ३ सय ५९ रनको स्थितिबाट । त्यस स्थितिमा इंग्ल्यान्डलाई जितका लागि चाहिएको थियो, ३५ रन ।
तर घरेलु टिमले त्यसलाई प्राप्त गर्न सकेन् । भारतलाई जित दिलाउन बलरद्वय मोहम्मद सिराज र प्रसिद्ध कृष्णले महत्त्वपूर्ण भूमिका खेले । सिराजले पाँच र कृष्णले चार विकेट लिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |