← समाचारमा फर्कनुस्
Cricket Dec 02, 2023 · Nepalsports

अष्ट्रेलियाविरुद्धको सिरिज भारतलाई

अष्ट्रेलियाविरुद्धको सिरिज भारतलाई

काठमाडौँ– भारतले एक खेल अगावै अस्ट्रेलियासँगको टी२० आई सिरिज जितेको छ। 

भारतका अक्षर पटेलले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। उनी खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए।

दीपक चाहरले २ तथा रवि विश्रोई र आवेश खानले समान १–१ विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

भारतका रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। यशस्वी जैसवाल ३७, जितेश शर्माले ३५, तथा ऋतुराज गायकवाडले ३२ रनको योगदान दिए। 

अस्ट्रेलियाका बेन ड्वार्श्विसले ३ विकेट लिए। जेसन बेहरनडोर्फ र तनवीर संघाले समान २–२ विकेट लिए। सिरिजको पाँचौँ तथा अन्तिम खेल आइतबार हुनेछ।

शुक्रबार राति भएको चौथो खेलमा भारतले अस्ट्रेलियामाथि २० रनको जित हासिल गर्दै पाँच खेलको सिरिज ३–१ ले जितेको हो। 

१७५ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्र बनायो। कप्तान म्याथ्यु वेड ३६ रनमा नटआउट रहे। ओपनर ट्रविस हेडले ३१ रनको योगदान दिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →