← समाचारमा फर्कनुस्
Cricket Nov 03, 2025 · Swadesh

महिला विश्वकपमा भारत च्याम्पियन

महिला विश्वकपमा भारत च्याम्पियन

भारतले आइतबार महिला विश्वकप पहिलो पटक जितेको छ र यसका लागि उसले दक्षिण अफ्रिकालाई आफ्नै घरेलु मैदानमा ५२ रनले पराजित गर्‍यो । यससँग महिला विश्वकपले नयाँ विजेता पाएको छ ।


मुम्बईको डीवाई पाटिल स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले सात विकेटमा चुनौतीपूर्ण २ सय ९८ रनको स्कोर खडा गरेको थियो । त्यसमा ओपनर सफाली वर्माले सर्वाधिक ८७ रन बनाइन ।


यस्तै दीप्ति शर्माले ५८ रनको योगदान गरिन् । त्यसको जवाफमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २ सय ४६ रन बनाएर अलआउट भएको थियो । सफाली बलबाट पनि चम्किन र उनले ३९ रनमा पाँच विकेट हात पारिन् ।


दक्षिण अफ्रिकाका लागि ओपनर तथा कप्तान लउरा वल्भार्डले १ सय १ रनको शानदार प्रदर्शन गरे पनि त्यो निर्णायक रहेन् र भारत महिलाको वान डे विश्वकपमा उपाधि जित्न सफल रह्यो । भारतले तेस्रो प्रयासमा यो उपाधि जितेको हो ।


यसअघि भारत सन् २००५ र २०१७ को विश्वकपको फाइनल पुगे पनि च्याम्पियन हुन सकेको थिएन् । दक्षिण अफ्रिका भने महिला विश्वकपको फाइनल पुगेको नै यो पहिलो पटक हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →