← समाचारमा फर्कनुस्
Cricket Nov 03, 2025 · Swadesh

भारतीय महिला क्रिकेट टिमलाई ५१ करोड रुपैयाँ पुरस्कार

भारतीय महिला क्रिकेट टिमलाई ५१ करोड रुपैयाँ पुरस्कार

काठमाडौँ। विश्वकप जितेको भारतीय महिला क्रिकेट टिमलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।


बीसीसीआईका सचिव देव्जित सैकियाका अनुसार उक्त पुरस्कार रकम खेलाडी, कोचिङ स्टाफ, चयनकर्ता तथा टिम स्टाफबीच वितरण गरिनेछ।


यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि महिला विश्वकप विजेता भारतलाई ४० करोड भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिसकेको छ। यस संस्करणदेखि महिला विश्वकपमा पनि पुरुष विश्वकप सरह पुरस्कार राशि प्रदान गरिने आईसीसीले घोषणा गरेको थियो।


उपविजेता बनेको दक्षिण अफ्रिकी महिला टोलीले भने २० करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।


आइतबार राति सम्पन्न रोमाञ्चक फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलोपटक महिला क्रिकेट विश्वकप उपाधि आफ्नो नाममा लेखाएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →