← समाचारमा फर्कनुस्
Cricket Nov 24, 2023 · Nepalsports

अस्ट्रेलियामाथि भारतको जित

अस्ट्रेलियामाथि भारतको जित

काठमाडौँ– भारतले पहिलो टी२० आई खेलमा अस्ट्रेलियामाथि २ विकेटको रोमान्चक जित हात पारेकोछ। 

विशाखापट्नममा जितका लागि पाएको २०९ रनको विशाल लक्ष्य भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो। 

भारतको जितमा कप्तान सुर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए। ईशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए।

अस्ट्रेलियाका जेहसन बेहरनडोफ, म्याथ्यु शर्ट र शन एबोटले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

अस्ट्रेलियाका जोश इंग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित ११० रनको शतकीय इनिङ्स खेले। स्टिभ स्मिथ ५२ रन तथा म्याथ्यु शर्ट १३ रनमा आउट भए। टिम डेविड १९ रनमा नटआउट रहे।

भारतका प्रसिद्ध कृष्णा र रवि विश्वोईले समान १–१ विकेट लिए। यससँगै पाँच टी२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →