पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौँ । एसीसी एसिया कपमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको छ । आइतबार राति भएकाे खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।
भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१-३१ रन बनाएका थिए । त्यसैगरी शुभमन गिल र शिवम दुवेले १०-१० रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए । त्यस्तै फखर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए ।
भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्सर पटेलले २-२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिएका थिए ।
भारतको यो लगातार दोस्रो जित हो । उसले समूह ए मा दुई खेलबाट चार अंक जाेडेकाे छ । त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |