जिम्बावेविरुद्ध भारतको शानदार जित

काठमाडौं । जिम्बावेविरुद्ध टी२० अन्तर्राष्ट्रिय सिरीजको दोस्रो खेलमा भारत विजयी भएको छ।
हरारे स्पोर्टस क्लब जिम्बावेमा आइतबार सम्पन्न खेलमा भारत १०० रनले विजयी भएको हो।
जितसँगै भारतले पाँच खेलको सिरीज १-१ को बराबरीमा ल्यायो। पहिलो खेलमा भारत १३ रनले पराजित थियो।
भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८.४ ओभरमा १३४ रनमै समेटियो।
जिम्बावेका लागि विस्ली मेधभेरेले ४३, लुक जोन्ग्वेले ३३, ब्रायन जोन बेनेटले २६ र जोनाथन क्याम्पबेलले १० रन बनाए।
भारतका लागि आवेश खान र मुकेश कुमारले समान तीन, रवी बिश्नोइले दुई र वासिङ्टन सुन्दरले एक विकेट लिए।
त्यसअछि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २३४ रनको योगफल तयार पारेको थियो।
भारतका लागि अविशेक शर्माले ४७ बलमा आठ छक्का र सात चौकाको मद्दतले सर्वाधिक १०० रनको योगदान गरे। यसैगरी ऋतुराज गायकवाडले ४७ बलमा ११ चौका र एक छक्काको मद्दतले अविजित ७७ र रिन्कु सिंहले अविजित ४८ रन बनाए।
जिम्बावेका लागि ब्लेसिङ मुजरबानी र वालिङटन मस्काड्जाले सामना एक विकेट लिएका थिए। अब सिरीज को तेस्रो खेल बुधबार हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |