← समाचारमा फर्कनुस्
Cricket Jul 31, 2025 · Swadesh

पाँचौ टेस्टमा भिड्दै थाकेका खेलाडी

पाँचौ टेस्टमा भिड्दै थाकेका खेलाडी

इंग्यान्ड र भारत आज बिहीबारदेखि पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा भिड्दैछन् । यो टेस्टको विशेषता भन्नु नै दुवै टिम शारीरिक र मानसिक दुवै रूपमा असाध्यै थाकेका छन् । तर यही टेस्टले नै सिरिजको पनि निर्णय गर्नेछ । सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।

 भारतसामु यो टेस्ट जितेर सिरिज बराबरी गर्ने अवसर पनि छ । ओल्ड ट्रायफोर्डमा भएको चोथो टेस्ट बराबरीमा टुंग्याएपछि भारत एक प्रकारले उत्साहित पनि छ । यो उत्साहमा एउटा समस्या पनि छ, आफ्ना मुख्य बलर जसप्रित बुमराहलाई खेलाउने कि नखेलाउने भन्ने अन्यौलता ।

तर भारतीय प्रशिक्षक गौत्तम गम्भीरले आफ्ना सबै खेलाडी फिट छन् भनेर दाबी गरेका छन् । लन्डनको ओभलमा हुने यो टेस्टमा इंग्लिस कप्तान बेन स्टोक्सले त नखेल्ने निश्चित भइसकेको छ । सात साताभित्र पाँच टेस्ट खेलिन्छ भने स्वभाविक छ, खेलाडी थाक्ने नै हुन्छन् ।

यति भन्दा भन्दै पनि यो खेल आफैमा रोमाञ्चक हुने सजिलै अनुमान गर्न सकिन्छ । जसरी इंग्ल्यान्डले आक्रामक भएर खेल्ने गरेको छ, यसले टेस्टमा स्पष्ट नतिजा आउने लगभग निश्चित जस्तै हुन्छ । त्यसमाथि भारतले पनि जितका लागि जोखिम उठाउने नै छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →