TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jan 29, 2026 · Swadesh

भारत नै हो, उपाधिको बलियो प्रत्यासी

भारत नै हो, उपाधिको बलियो प्रत्यासी

ट्वान्टी ट्वान्टी विश्वकप २०२४ सुरु हुन अब धेरै दिन बाँकी नरहँदा सबैको मनमा एउटा प्रश्न उठ्न सक्छ, उपाधिका लागि बलियो प्रत्यासी को को हुन् । यसको पहिला उत्तर हो, भारत । यो टिम फेरि डिफेन्डिङ च्याम्पियन पनि हो । पूरा सम्भावना के छ भने भारत लगातार दुई पल्ट यो विश्वकप जित्ने पहिलो टिम हुन सक्छ ।


सन् २०२४ मा ट्वान्टी ट्वान्टी विश्वकप विजेयता भारतले अहिलसम्म कुनै पनि दुईपक्षीय सिरिज अथवा प्रतियोगिता गुमाएको छैन् । अझ यसबीचका खेलमा जित हारको प्रभावशाली प्रदर्शन रहेको छ, ३२–५ । त्यसैले त भारत आईसीसीको ट्वान्टी ट्वान्टी वरीयतामा नम्बर १ टिम पनि त हो । यसको प्रमुख कारण फेरि भारतीय टिम बलियो भएर नै हो ।


उदाहरणका लागि भारतीय टिममा ट्वान्टी ट्वान्टी वरीयताको शीर्ष ब्याटर र बलर दुवै छन् । यो वरीयताको नम्बर १ ब्याटर अभिषेक शर्मा हुन् भने नम्बर १ बलर वरुण चक्रवर्ती । भारतीय टिमको एउटा अर्को ठूलो विशेषता हो, अनुभवी र युवा खेलाडीबीच सही तालमेल । टिममा पहिलो पल्ट विश्वकप खेलिरहेका खेलाडी पनि छन्, अनि यसअघि उपाधि जितेका खेलाडी पनि ।


पुराना खेलाडीमध्ये जसप्रित बुमराह र हार्द्धिक पान्ड्या त लयमै छन् भन्दा हुन्छ । खासमा इन्डियन प्रिमियर लिग (आईपीएसल) सुरु भएयता विश्व क्रिकेटको यो कान्छो ढाँचामा झन झन बलियो हुन थालेको छ । भारतीय क्रिकेटले एकसेएक बलियो खेलाडी उत्पादन गर्न थालेको छ । त्यसैले अबको विश्वकपमा भारत नै त्यस्तो टिम हो, जसलाई उपाधिका लागि बलियो प्रत्यासी मान्न सकिन्छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →