← समाचारमा फर्कनुस्
Cricket Jul 24, 2025 · Swadesh

भारतलाई ऋषवको चिन्ता

भारतलाई ऋषवको चिन्ता

इंग्ल्यान्ड र भारतबीचको चौथो टेस्ट म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा सुरु भएको छ र पहिलो दिनको खेल समाप्त हुँदा स्थिति बराबरको छ । पहिले ब्याटिङ गरेको भारतले चार विकेटमा २ सय ६४ रन बनाएको छ ।

स्टम्प हुँदा भारतका लागि शार्दुल ठाकुर र रविन्द्र जडेजा समान १८ रन बनाएर खेलिरहेका छन् । पाहुना टिमका लागि ओपनर यशस्वी जयसवालले ५८ र साइ सुदर्शनले ६१ रन बनाएका छन् ।

पूरा दिनको खेल भने ऋषव पन्तको चोटमा केन्द्रित रह्यो । उनी ३७ रनमा रिटायर्ड हर्ट हुन बाध्य रहे । पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि रहेको स्थितिमा भारतका लागि अहिलेको खेल निकै महत्त्वपूर्ण रहेको छ ।

यही बेला ऋषवलाई चोट लागेको हो । अब हेर्न बाँकी के रहने छ भने टेस्टको बाँकी दिन उनी खेल्न सक्षम हुने छन् अथवा हुने छैनन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →