← समाचारमा फर्कनुस्
Cricket Aug 03, 2025 · Swadesh

इंग्ल्यान्डलाई जित्न थप ३ सय २४ रन आवश्यक

इंग्ल्यान्डलाई जित्न थप ३ सय २४ रन आवश्यक

इंग्ल्यान्ड र भारतबीच चलिहेको पाँचौं तथा अन्तिम टेस्ट साँच्चै रोमाञ्चक मोडमा पुगेको छ । टेस्टमा अझै दुई दिन बाँकी छ र इंग्यान्डलाई जित्न थप ३ सय २४ रन आवयश्यक छ । तेस्रो दिनको समाप्तीमा इंग्ल्यान्ड एक विकेट गुमाएर ५० रनको स्थितिमा छ ।

घरेलु टिमका ओपनर बेन डकेट ३४ रनमा नटआउट छन् । ज्याक क्रली १४ रन बनाएर आउट भए । भारत आफ्नो दोस्रो इनिङ्समा ३ सय ९६ रन बनाएर अलआउट भएपछि इंग्ल्यान्डले ३ सय ७४ रनको जित लक्ष्य पाएको थियो । इंग्ल्यान्डले यो टेस्ट जिते सिरिज ३–१ ले आफ्नो पक्षमा पार्नेछ ।

यो टेस्टमा स्पष्ट नतिजा त आउने भयो नै, यस्तोमा भारतले यो टेस्ट जिते, सिरिज २–२ को बराबरीमा टुंगिनेछ । भारतको दोस्रो इनिङ्समा ओपनर यशस्वी जैसवालले १ सय १८ रन बनाए । इंग्ल्यान्डका लागि भने जस टङ्गले पाँच विकेट लिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →