← समाचारमा फर्कनुस्
भारत जितबाट ५८ रन टाढा

भारत वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको चौथो दिन सोमबार जितको नजिक पुगेको छ । दिनको खेल समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्समा एक विकेट गुमाएर ६३ रन बनाएको छ ।
अब घरेलु टिमबाट ५८ रन टाढा छ । भारतले जितका लागि १ सय २१ रनको लक्ष्य पाएको थियो । नयाँ दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा केएल राहुल २५ र साइ सुदर्शन ३० रन बनाएर खेलिरहेका छन् ।
उनीहरूले ५४ रनको साझेदारी गरिसकेका छन् । दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ र अब दोस्रो टेस्ट पनि जितेर सिरिज ह्वाइट वास गर्नेछ ।
यसअघि फलो–अनमा परेको वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा ३ सय ९० रन बनाएर अलआउट भएको थियो । त्यसमा जोन क्याम्पबेलले १ सय १५ र साइ होपले १ सय ३ रनको शानदार शतकीय इनिङ्स खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |