← समाचारमा फर्कनुस्
Cricket Jun 25, 2025 · Swadesh

भारतविरुद्ध इङ्ल्यान्ड ५ विकेटले विजयी

भारतविरुद्ध इङ्ल्यान्ड ५ विकेटले विजयी

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्ड ५ विकेटले विजयी भएकाे छ।

भारतले प्रस्तुत गरेकाे ३७१ रनको लक्ष्य पछाएको इङ्ल्यान्डले पाँचौं दिनकाे खेलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेकाे हाे।

इङ्ल्यान्डका लागि बेन डकेटले १७० बलमा २१ चौका र एक छक्काको मद्दतले सर्वाधिक १४९ रनको योगदान गरे।

यसैगरी ज्याक क्राउलीले ६५, जो रुटले अविजित ५३, जिमि स्मिथले अविजित ४४ र कप्तान बेन स्टोक्सले ३३ रन बनाए।

भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए।

यसअघि भारतले आफ्नो दोस्रो इनिङमा ३६४ रन बनाएको थियो। त्यस्तै टस हारेर पहिला ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिंगमा ४७१ रन बनाएको थियो। त्यस्तै इङ्ल्यान्डले आफ्नो पहिलो इनिङमा ४६५ रन बनाएको थियो। त्यस्तै यस टेस्टमा कुल ७ शतक बने। 

जितसँगै वर्ल्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी पाँच खेलको शृंखलामा इङ्ल्यान्डले १-० ले अग्रता बनाएको छ। अब सिरिजको दोस्रो खेल जुलाई २ देखि बिर्मिङघममा हुँदैछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →