भारत फाइनलमा

काठमाडौं । ७ पटकको च्याम्पियन भारत महिला एसिया कप २०२४ को फाइनलमा प्रवेश गरेको छ।
भारतले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो।
८१ रनको लक्ष्य पाएको भारतका लागि ओपनरहरूले लक्ष्य ११ ओभरमा पूरा गर्दै भारतलाई नवौं पटक महिला एसिया कपको फाइनलमा पुर्याए।
भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेकी थिइन् भने शेफाली वर्माले मात्र २ चौका सहित २६ रन बनाएकी थिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन मात्र बनाएको थियो। बंगलादेशाको लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३२ रन बनाएकी थिइन् भने शोर्ना अख्तरले १९ रनको अविजित इनिङ्स खेल्दै टोलीलाई ८० रनमा पुर्याएकी थिइन्।
भारतका लागि रेणुका सिंह ठाकुर र राधा यादवले ३–३ विकेट लिए भने पूजा वस्त्रकार र दीप्ती शर्माले १–१ विकेट लिए। भारतलाई फाइनलमा पुग्न ८१ रनको लक्ष्य थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |