← समाचारमा फर्कनुस्
Cricket Nov 16, 2023 · Nepalsports

भारत विश्वकप क्रिकेटको फाइनलमा

भारत विश्वकप क्रिकेटको फाइनलमा

भारत विश्वकप क्रिकेट–२०२३ को फाइनलमा प्रवेश गरेको छ।

राति सम्पन्न पहिलो सेमिफाइनमा न्युजिल्यान्डलाई  ७० रनले पराजित गर्दै घरेलु टोली १३ वर्षपछि विश्वकपको उपाधि नजिक पुगेको हो।

जितका लागि ३९८ रनको लक्ष्य पाएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३२७ रन बनाएर अलआउट भयो। 

न्युजिल्यान्डका ड्यारेल मिचेलले ११९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १३४ रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्।

 केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा आउट भए।

भारतका मोहम्मद शामीले ७ विकेट लिए। जसप्रित बुमराह, कुलदिप यादव र मोहम्मद शिराजका नाममा समान १–१ विकेट रह्यो। 

भारतको जितमा विराट कोहलीले ११३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ११७ रनको शतकिय इनिङ्स खेले

श्रेयस एयरले ७० बलमा ४ चौका र ८ छक्कासहित १०५ रनको शतकीय इनिङ्स खेले। 

कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट शुरूआत दिलाएका थिए। 

न्युजिल्यान्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए। 

बिहीबार दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल आइतबार हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →