अपराजित हरँदै भारत सेमिफाइनलमा

काठमाडौं । आइसीसी टी२० विश्वकप अनतर्गत सुपर आठको अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
भारतले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलिया निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन मात्रै बनाउन सक्यो।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ७६ रनको अर्धशतकीय ईनिङ खेले। कप्तान मिचेल मार्शले २८ बलमा ३७ तथा ग्लेन म्याक्सवेलले १२ बलमा १९ रन बनाए।
भारतका लागि कुलदिप यादवले दुई तथा अर्शदिप सिंह, जसप्रित बुमराह र अक्षर पटेलले समान एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको सानदार अर्धशतकमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो।
जितसँगै भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ। पराजित अस्ट्रेलियाको सेमिफाइनल प्रवेशको झिनो सम्भावना भने बाँकी रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |