← समाचारमा फर्कनुस्
Cricket Nov 19, 2023 · Nepalsports

विश्वकपको उपाधि जित्न भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

विश्वकपको उपाधि जित्न भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

भारतले आईसिसी एकदिवसीय विश्वकप २०२३ फाइनल जित्न अस्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा जारी खेलमा भारतले २४० रन बनाएर २४१ रनको लक्ष्य दिएको हो।

भारतका लागि केएल राहुलले सर्बाधिक ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाएका थिए ।

कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाएका थिए । 

त्यस्तै शुभमन गिल र श्रेयस अय्यरले ४-४ रन बनाएका थिए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाएका थिए ।

अस्ट्रेलियाका मिचेल स्टार्सले १० ओभरमा ५५  रन खर्चदै तीन विकेट लिए । 

कप्तान प्याट कमिन्स र जस हेजलवुडले  समान दुई विकेट लिए । 

त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →