← समाचारमा फर्कनुस्
भारतको लगातार आठौं जित

भारतले दक्षिण अफ्रिकालाई ८३ रनमा अलआउट गर्दै विश्वकपमा लगातार आठौँ जित दर्ता गरेको छ।
भारतले दिएको ३२७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाल २७.१ ओभरमा ८३ रन बनाएर अल आउट भएको थियो ।
भारतीय बलर रविन्द्र जडेजाले ५ विकेट लिएका थिए ।
त्यस्तै मोहमद शामी र कुलदीप यादवले २-२ तथा मोहमद सिराजले एक विकेट लिए ।
कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रन बनाएको थियो। विराटले १०० रन बनाए र अन्तिमसम्म नटआउट रहे।
उनीबाहेक श्रेयस अय्यरले ७७ रन र कप्तान रोहित शर्माले ४० रनको इनिङ खेले।
यो जितसँगै भारत १६ अंकसहित शीर्ष स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |