← समाचारमा फर्कनुस्
Cricket Jun 10, 2024 · Swadesh

भारतसँग पाकिस्तान पराजित

भारतसँग पाकिस्तान पराजित

वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ए को खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

अमेरिकाको न्युयोर्कमा भएको आइतबार राति भएको खेलमा भारत ६ रनले विजयी भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनायो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ३१ तथा इमाद वासिमले १५ रन बनाए। भारतका लागि जसप्रित बुमराहले तीन तथा हार्दिक पान्ड्याले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले १९औं ओभरको अन्तिम बलमा अल आउट हुम्दै ११९ रन बनाएको थियो।

भारतका लागि रिषभ पन्तले ३१ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४२ रन बनाए। अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन बनाए। भारतका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानका लागि हरिस रउफ र नशिम शाहले समान तीन तीन तथा मोहम्मद आमिरले दुई विकेट लिए।

लगातार दोस्रो हारका साथ पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना कठिन बनेको छ। दुई खेलमा लगातार जित हात पारेको भारत चार अंकका साथ शीर्ष स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →