← समाचारमा फर्कनुस्
भारतद्वारा प्रशिक्षक स्टिमाक बर्खास्त

काठमाडौं । भारतीय फुटबल फेडेरेसनले अल इन्डिया फुटबल संघ (एआईएफएफ)ले क्रोएसियन मुख्य प्रशिक्षक इगोर स्टेमिकलाई पदबाट हटाएको छ ।
सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै भारतले फिफा विश्वकप २०२६ छनोटका कमजोर प्रदर्शन गरेको भन्दै इगोरको पाँच वर्षे यात्रा अन्त्य गरेको बताएको हो।
विश्वकप छनोटको अन्तिम खेलमा भारत कतारसँग २–१ ले पराजित हुँदा तेस्रो चरण पुग्न सकेन। यसपछि निकै आलोचना बेहोरेका इगोरलाई एफएले पदमुक्त गरेको हो।
उनी सन् २०१९ मा भारतीय टोलीसंघ जोडिएका थिए। त्यसयता दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप दुई पटक र इन्टरकान्टिनेन्टल कप जिताएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |