← समाचारमा फर्कनुस्
Cricket Jun 23, 2024 · Swadesh

लगातार दोस्रो जित हासिल गर्दै भारत सेमिफाइनल नजिक

लगातार दोस्रो जित हासिल गर्दै भारत सेमिफाइनल नजिक

काठमाण्डौं। आइसिसी टी २० विश्वकपअन्तर्गत सुपर आठको खेलमा दोस्रो जित हासिल गरेको भारत सेमिफाइनल नजिक पुगेको छ।

शनिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो।

यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

भारतले दिएको १९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो।

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। उनले एक चौका र तीन छक्का प्रहार गरे। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो। 

भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकिय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।

विराट कोहलीले ३७ रनको योग्दान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए। 

यता, बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात परे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →