← समाचारमा फर्कनुस्
भारतको पनि बलियो जवाफ

इंग्ल्यान्ड र भारतबीच म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा चलिरहेको चौथो टेस्टमा एउटा स्थिति निश्चित भएको छ । भारतले यो टेस्ट जित्ने त छैन् नै, अब उसको उद्देश्य इंग्ल्यान्डलाई पनि जित्न नदिने हुनेछ । त्यो भनेको भारतको उद्देश्य यो टेस्टलाई बराबरीमा टुंग्याउनु हुनेछ ।
आज आइतबार पाँचौं दिनको खेल हुनेछ र भारतले आफ्नो दोस्रो इनिङ्स दुई विकेटको क्षतिमा १ सय ७४ रनबाट अगाडि खेल्न सुरु गर्नेछ । त्यसमा कप्तान शुभमन गिल ७८ र केएल राहुल ८७ रनमा नटआउट छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ७४ रनको साझेदारी गरिसकेका छन् ।
भारतको अबको प्रदर्शन धेरै हदसम्म यिनै दुई खेलाडीमा भर पर्नेछ । पाहुना टिम अझै १ सय ३७ रनले पछाडि छ, त्यसैले डर हुनेछ, कतै कुनै पनि बेला नाटकीय पतनको शिकार त हुने होइन् भनेर । इंग्ल्यान्डले भने आफ्नो पहिलो इनिङ्समा ६ सय ६९ रन बनाएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |