दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन

काठमाडौं । भारतले दक्षिण अफ्रिकालाई पराजित गर्दै आइसिसी टी–२० विश्वकप जितेको छ।
शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि पहिलोपल्ट उपाधि जितेको हो।
भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो।
दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे।
क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई विकेट लिँदा अक्षर पटेलको नाममा एक विकेट रह्यो।
त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
भारत जारी प्रतियोगितामा अपराजित रह्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |