← समाचारमा फर्कनुस्
Football Feb 07, 2026 · Swadesh

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

काठमाडौं। साबिक विजेता बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।


पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको भारतले उमेर समूहमा तेस्रोपल्ट उपाधि हात पारेको हो। भारतको जितमा जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले समान एक–एक गोल गरिन्।


पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप तीन गोल गर्दै उपाधि सुनिश्चित गर्‍यो। समूह चरणमा बंगलादेशसँग २–० ले पराजित भएको भारतले फाइनलमा आएर त्यस हारको बदला लिएको हो।


समूह चरणका तीनै खेल जित्दै बंगलादेश समूह विजेता बनेको थियो भने भारत उपविजेता हुँदै फाइनल पुगेको थियो। माघ १७ गतेबाट सुरु भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटानको सहभागिता रहेको थियो।


नेपाल एक जित र दुई हारसहित तेस्रो स्थानमा रहँदा सबै खेलमा पराजय ब्यहोरेको भुटान पुछारमा रह्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →