← समाचारमा फर्कनुस्
Cricket Sep 25, 2025 · Swadesh

बंगलादेशलाई हराउँदै भारत फाइनलमा

बंगलादेशलाई हराउँदै भारत फाइनलमा

काठमाडौँ । बंगलादेशलाई ४१ रनले हराउँदै भारतले एसीसी एसिया कपको फाइनलमा प्रवेश गरेको छ।


दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा भारतले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनायो र खेलमा हार बेहोरेको थियो। 


बंगलादेशका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाए। भारतका लागि कुलदीप यादवले तीन विकेट लिए भने जसप्रीत बुमराह र वरुण चक्रवर्तीले दुई विकेट लिए। अक्षर पटेल र तिलक वर्माले एक-एक हात पाए।


भारत अपराजित रहँदै एसिया कपको फाइनलमा प्रवेश गरेको हाे। भारतको अब सुपर फोरको एउटा खेल बाँकी छ, सेप्टेम्बर २६ मा श्रीलंकासँग खेल्ने तालिका छ। श्रीलंकाको सुपर फोरका दुवै खेल हारेर फाइनलको सम्भावना सकिएको छ।


भारत सुपर फोर अंक तालिकामा चार अंक र १.३५७ को नेट रनरेटका साथ शीर्ष स्थानमा छ। पाकिस्तान र बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। बिहीबार दुई टोलीबीचको खेल सेमिफाइनल सरह भएको छ। यस खेलको विजेताले सेप्टेम्बर २८ मा फाइनलमा भारतसँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →