लर्डसमा इंग्ल्यान्ड र भारत भिड्दै

लर्डस ‘क्रिकेटको घर’ हो भने लन्डनको यही मैदानमा आज बिहीबारदेखि इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्ट सुरु हुँदैछ । कुल पाँच टेस्टको सिरिज रोमाञ्चक १–१ को बराबरीमा छ । त्यसैले सजिलै अनुमान गर्न सकिन्छ, यो टेस्ट पनि उत्तिकै हेर्न लायक हुनेछ, जस्तो यसअघिका दुई टेस्ट रहे ।
भारतीय टिम भने अहिले लयमा छ र यसको प्रमुख कारण हो, कप्तान शुभमन गिलको शानदार प्रदर्शन । गत साता एजबास्टनमा भएको दोस्रो टेस्टमा भारतले ३ सय ३६ रनको जित निकालेको थियो र त्यसको एक नायक थिए, तिनै गिल । उनले अहिलेसम्म दुई टेस्टमा ५ सय ८५ रन बनाइसकेका छन् ।
अबका तीन टेस्टमा पनि उनको ब्याट यसरी नै चल्ने हो भने उनले एकपछि अर्को कीर्तिमान बनाउन सक्नेछन् । इंग्ल्यान्ड बलिङ आक्रमणको पूरा ध्यान भने उनलाई रोक्ने नै हुनेछ । हुन सक्छ, यो आक्रमणको जिम्मा भने जोफ्रा आर्चरको प्रदर्शनमा निर्भर हुनेछ ।
लगभग एक वर्षको अन्तरपछि उनी इंग्ल्यान्ड टिममा फर्केका छन् । उनको प्रदर्शन कस्तो हुनेछ, त्यो हेर्न लायक रहनेछ । इंग्ल्यान्डलाई अहिले चाहिएको भनेकै उनी जत्तिको बलर हो । त्यसैले उनीमाथि चर्को दबाब पनि हुनेछ । अर्कोतर्फ भारतीय टिममा स्टार बलर जसप्रित बुमराह पनि फर्कने विश्वास गरिएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |