← समाचारमा फर्कनुस्
Cricket Jun 28, 2024 · Swadesh

इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई हराउँदै भारत आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६.४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए। जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले। सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए। तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे।

हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए।

जितसँगै अपराजित रुपमा भारत तेस्रो पटक फाइनल पुगेको छ। भारत अब उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →