TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jan 30, 2026 · Swadesh

भारत–पाकिस्तान खेलका लागि श्रीलंकाको कडा सुरक्षा व्यवस्था

भारत–पाकिस्तान खेलका लागि श्रीलंकाको कडा सुरक्षा व्यवस्था

अहिलेसम्म एउटा तथ्य के निश्चित भएको छैन् भने पाकिस्तानले अबको ट्वान्टी ट्वान्टी विश्वकपमा भारतसँग खेल्ने छ अथवा छैन् । पाकिस्तानी क्रिकेट बोर्डले पूरा प्रतियोगिता नै बहिस्कार गर्नेसम्मको धम्की दिइरहेको छ ।


हुन सक्छ, पाकिस्तानले कम्तीमा भारतविरुद्धको एउटा खेल बहिस्कार गर्न सक्छ । यो खेल तय कार्यक्रम अनुसार श्रीलंकाको कोलम्बोमा हुनेछ, फेब्रवरी १५ मा । भारतसँगै श्रीलंका पनि यस विश्वकपको सहआयोजक हो ।


श्रीलंका भने अहिले बहिस्कारको समाचार पछाडि लागेको छैन् । बरु भनेको छ, त्यस खेलका लागि कडा सुरक्षा व्यवस्था लागू गरिनेछ । सुरक्षा व्यवस्था कतिसम्म कडा हुनेछ भने खेलका क्रममा हतियारले सुसज्जित सुरक्षाकर्मी नै तैनाथ हुनेछन् ।


श्रीलंकाली खेल मन्त्री सुनिल कुमाराले स्थानीय मिडियालाई भनेका छन्, श्रीलंकाका लागि भारत र पाकिस्तानबीच हुने खेल सुरक्षाको दृष्टिकोणले सबैभन्दा महत्त्वपूर्ण रहेको छ । उनले उच्चस्तरीय कमान्डो नै तैनाथ गरिने पनि बताए ।


यो उच्चस्तरीय कमान्डोको खास प्रतियोगिता श्रीलंकमा विदेशी सरकार प्रमुख आउने बेला मात्र तैनाथ गर्ने गरिन्छ । श्रीलंकाली सुरक्षा अधिकारीले भनेका छन्, दुवै टिम आउँदा र जाँदा कडा सुरक्षा व्यवस्थाबीच रहनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →