← समाचारमा फर्कनुस्
Cricket Aug 04, 2025 · Swadesh

३५ रन कि चार विकेट ?

३५ रन कि चार विकेट ?

पाँचौं, निर्णायक र अन्तिम टेस्ट जित्ने को ? इंग्ल्यान्ड कि भारत ? लन्डनको ओभलमा चलिरहेको यो टेस्टको आज सोमबार अन्तिम दिन । इंग्ल्यान्डलाई जित्न ३५ रन आवश्यक छ । भारतलाई भने जितसम्म पुग्न चार विकेट चाहिएको छ ।

खराव प्रकाशले चौथो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड छ विकेट गुमाएर ३ सय ३९ रनको स्थितिमा छ । घरेलु टिमले जितका लागि ३ सय ७४ रनको लक्ष्य पाएको थियो । जेमी ओभरटन शून्य जेमी स्मिथ दुई रन बनाएर खेलिरहेका छन् । आजको खेल लामो हुने छैन्, तर जे पनि हुने सम्भावना हुन्छ ।

फेरि यो टेस्टको नतिजा कति धेरै महत्त्वपूर्ण छ भने इंग्ल्यान्डले जिते, सिरिजमाथि नै कब्जा हुनेछ, ३–१ ले । भारत जिते सिरिज २–२ को बराबरीमा टुंगिनेछ । इंग्ल्यान्डका लागि जोए रुट र ह्यारी ब्रुक्स क्रिजमा हुँदा जित निश्चित देखिएको थियो ।

तर उनीहरू आउट भएपछि भारतको आश पलाएको हो । रुटले १ सय ५ रन बनाए । यस्तै ब्रुक्सले १ सय ११ रनको योगदान दिए । भारतीय बलरमध्ये प्रसिद्ध कृष्णले तीन तथा मोहम्मद सिराजले दुई विकेट लिएका छन् । भारतले धारिलो बलिङ गरिरहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →