← समाचारमा फर्कनुस्
Cricket Aug 02, 2025 · Swadesh

भारतको अग्रता ५२ रन

भारतको अग्रता ५२ रन

दुई दिनको खेल मात्र के भएको छ, तर दुई इनिङ्स मात्र सकिएको छैन्, तेस्रो पनि सुरु भइसकेको छ । त्यसको अर्थ हो, इंग्ल्यान्ड र भारतबीच लन्डनको ओभलमा चलिरहेको पाँचौं तथा अन्तिम टेस्टमा स्पष्ट नतिजा आउने निश्चित छ । अहिलेको लागि शुक्रबार दोस्रो दिन सकिंदा भारत ५२ रनले अगाडि छ ।

अब भारतले आजको तेस्रो दिनको खेलमा यो अग्रतालाई सक्दो ठूलो बनाउने प्रयास गर्नेछ । दिनको खेल समाप्त हुँदा भारतले दुई विकेटमा ७५ रन बनाएको छ र उसका ओपनर यशस्वी जयसवाल ५१ रन बनाएर खेलिरहेका छन् । यसक्रममा उनले दुई जीवनदान पनि पाइसके ।

त्यस अगाडि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४७ रन बनाएर अलआउट भएको थियो । घरेलु टिमलाई ठूलो स्कोर बनाउनबाट रोक्नमा प्रसिद्ध कृष्ण र मोहमद सिराजले महत्त्वपूर्ण भूमिका खेले । उनीहरूले चार चार विकेट लिए । इंग्ल्यान्ड एक समय एक विकेट गुमाएर १ सय २९ रनमा थियो, त्यसपछि लगातार विकेट गुमाएको थियो ।

 दोस्रो दिनको खेल पनि वर्षाले प्रभावित रह्यो । त्यसैले बाँकी तीन दिन के हुने हो, त्यो पनि धेरै अर्थमा मौसममा निर्भर हुनेछ । सम्भवतः टेस्टको सर्वाधिक महत्त्वको निर्णायक दिन आजै हुन सक्नेछ । पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →