← समाचारमा फर्कनुस्
Cricket Aug 17, 2026 · Swadesh

भारत १ सय ७८ रनले अगाडि

भारत १ सय ७८ रनले अगाडि

श्रीलंकाविरुद्धको पहिलो टेस्टको सोमबार तेस्रो दिन समाप्त हुँदा भारत १ सय ७८ रनले अगाडि रहेको छ । गालेमा भइरहेको टेस्टको तेस्रो दिन श्रीलंका आफ्नो पहिलो इनिङ्समा २ सय ८४ रन बनाएर अलआउट भयो । वर्षाको सम्भावनाबीच तेस्रो दिनको खेल चाँडै टुगेको हो ।

श्रीलंका एक समय पाँच विकेट गुमाएर ९० रनको खराव स्थितिमा रहेको थियो । त्यस अवस्थाबाट सोनाल दिनुशा र निरोशन डिकवेलले १ सय ४६ रनको साझेदारी गरे । सोनालले सय रन बनाए र यो उनको टेस्ट खेल जीवनको पहिलो शतक रह्यो ।

निरोशनले भने ८० रनको योगदान गरे । भारतीय बलरमध्ये मानव सुथारले ७६ रनमा चार विकेट लिए । यस्तै रविन्द्र जडेजाले तीन विकेट हात पारे । भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ६२ रन बनाएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →