← समाचारमा फर्कनुस्
Cricket Oct 05, 2023 · Shishir

क्यान र आईएमईपेबिच टिकेटिॅग सम्झौता

क्यान र आईएमईपेबिच टिकेटिॅग सम्झौता

नेपाल क्रिकेट संघ (क्यान)ले देश भित्र आगामी दुई वर्षसम्म आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरुको टिकेट विक्रीवितरण आईएमई डिजिटल सोलुसन लिमिटेड गर्ने भएको छ।

बिहीबार क्यान र आईएमईबीच उक्त सम्झदारी पत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार क्यानले आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरुको फिजिकल र अनलाइन टिकेटको विक्री आईएमईपेले गर्ने छ । 

सम्झौतापत्रमा क्यानको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए।

खड्काले आईएमईपेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए। "नेपाली क्रिकेटको स्तरवृद्धि र दिगो विकासका लागि आउँदो दिनहरुमा हामीले अन्तर्राष्ट्रिय टोलीहरुसँग धेरैभन्दा धेरै खेलहरु खेल्नुपर्ने अवस्था रहेको छ। यसैबीचमा आई ए ईपे जस्तो संस्थाले लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो," उनले भने।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →