← समाचारमा फर्कनुस्
Cricket Oct 12, 2023 · Shishir

टी-२०आई त्रिकोणात्मक सिरिज : नेपालले पहिलो खेल यूएईसँग खेल्ने

टी-२०आई त्रिकोणात्मक सिरिज : नेपालले पहिलो खेल यूएईसँग खेल्ने

नेपालले घरेलु मैदानमा यूएई र हङकङसँग खेल्ने टी-२०आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल यूएईसँग खेल्ने छ। खेल अक्टोबर १८ मा मुलपाली अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो १ बजे शुरू हुने छ। 

यस्तै नेपाले दोस्रो खेल सोही मैदानमा अक्टोबर १९ मा हङकङसँग खेल्ने छ। खेल बिहान ११ बजे शुरू हुने छ। नेपालले तेस्रो खेल हङकङसँग अक्टोबर २१ मा मुलपानीमै खेल्ने छ। उक्त खेल बिहान ११ बजे शुरू हुने छ। 

यस्तै, नेपालले अन्तिम खेल अक्टोबर २३ मा यूएईसँग खेल्ने छ।

मुलपानीमै हुने खेल बिहान ११ बजे शुरू हुने छ। एकअर्काविरुद्ध २/२ खेल खेलेपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनलमा स्थान बनाउने छन्। फाइनल खेल अक्टोबर २७ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे शुरू हुने छ। 

नेपालले आईसीसी टी-२० विश्वकप एशिया क्षेत्र छनोटको तयारीस्वरुप यूएई र हङकङसँग सिरिज खेल खेल्न लागेको हो। नेपाली टोली हाल नागपुरमा अभ्यास गरिरहेको छ।

एशिया क्षेत्र छनोट काठमाडौँमा आयोजना हुनेछ। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →