← समाचारमा फर्कनुस्
Cricket Apr 10, 2023 · Nepalsports

हैदराबादको पहिलो जित

हैदराबादको पहिलो जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ। 

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा  हैदराबादले पञ्जाव किङ्सविरुद्ध ८ विकेटको जित निकालेको हो। 

पञ्जावले जितका लागी दिएको १४४ रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो। 

हैदराबादको लागी राहुल त्रिपाठीले ७४ रन बनाउदा कप्तान आइदेन मार्करमले ३७, मयन्क अग्रवालले २१ र ह्यारी ब्रुकले १३ रन बनाए।

पञ्जावका लागी अर्शदीप सिंह र राहुल चहरले समान १-१ विकेट लिए। 

यसअघि टस हारेर ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन बनाएको  थियो।

पञ्जावका लागी कप्तान शिखर धवनले ९९ रन बनाएर शतकबाट चुकेका थिए। त्यस्तै साम करनले २२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हैदराबादका लागी मयन्क मार्कन्डेले चार विकेट लिदा मार्को जन्सेन र उम्रन मलिकले समान २-२ विकेट लिँदा भुवनेश्वर कुमारले एक विकेट लिए। 

जितसँगै तीन खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट चार अंक जोडेको पञ्जाव तालिकाको छैटौं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →