हैदरावादलाई हराउदै लखनाउ शिर्ष स्थानमा

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादलाई पराजित गर्दै लखनउ सुपरजाइन्ट शिर्ष स्थानमा उक्लिएको छ।
घरेलु टोलि लखनउले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो।
सनराइजर्सले जितका लागी दिएको १२२ रनको लक्ष्य लखनाउले १६ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
लखनउका लागि कप्तान केएल राहुलले ३५ ,रुनाल पाण्डेयले ३४,कील मायेर्सले १३ र मार्कस स्टोइनिशले १० रन बनाए।
हैदराबादका लागी आदिल राशिदले सर्वाधिक २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको हैद्रवादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।
उसका लागी राहुल त्रिपाठीले सर्बाधिक ३४,अनमोलप्रित सिंहले ३१,अब्दुल समादले २१ र वाशिंटन सुन्दरले १६ रन बनाए ।
लखनउका लागी क्रुनाल पाण्डेयले सर्बाधिक ३ विकेट लिदा अमित मिश्राले २,यश ठाकुर र रवि विश्नोईले समान १-१ विकेट लिए।
यो संगै लखनउले ३ खेलमा ४ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । उता हैदरावाद जितविहिन रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |