साफ यू-१९ः नाटकिय जितसंगै भुटान सेमिफाइनलमा, बांगलादेश बाहिरियो

काठमाडौ- नेपाला जारि साफ यू-१९ फुटबलमा बांगलादेशविरुद्ध नाटकि जित निकाल्दै भुटान एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ए को खेलमा तीनपटक पछि परेको स्थितीबाट कमब्याक गर्दै भुटानले जित निकालेका हो।
खेलको तेस्रो मिनेटमै बांगलादेशका रुबेल सेखले गोल गर्दै बांगलादेशलाई अग्रता दिलाएका थिए।
त्यसपछि अस्दुल मोल्लाले खेलको ३० औ मिनेटमा गोल गर्दै बांगलादेशको अग्रता दोब्बर बनाए।
तर त्यसको तीन मिनेट बित्न नपाउदै भुटानका लागी जिग्मे न्यामगेलले गोल गर्दै आफ्नो टोलिलाई खेलमा फर्काए।
पहिलो हाफको इन्जुरि समयमा किन्जांग तेन्जिंगले उत्क्रिष्ट गोल गर्दै भुटानी टोलीलाई २-२ गोलको बराबरि स्थितीमा पुर्याए।
दोस्रो हाफको १० औ मिनेटमा बांगलादेशका राजु जिसानले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाए।
लगातार आक्रमण बुनेको भुटानका लागी दोस्रो हाफको २२ औ मिनेटमा जिग्मे न्यामगेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-३ गोलको स्थितीमा फर्काए।
प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको ३८ औ मिनेटमा भुटानका सब्चिट्युट खेलाडी रिनजीन दोर्जीले गोल गर्दै आफ्नो टोलीलाई खेलमा पहिलो पटक अग्रता दिलाउदै जीत दिलाउन सफल भए।
बांगलादेश पहिलो खेलमा भारतसंग ३-० गोलअन्तरले पराजित भएको थियो।
यो नतिजासंगै भारत र भुटानको समान १ खेलबाट ३ अंक रहेको छ। यी दुईटोलीबिचको विजेता समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |