← समाचारमा फर्कनुस्
Football Aug 21, 2024 · Swadesh

हिमालयन गानादा फुटसल गोल्डकप भदौ २० र २१ गते हुने

हिमालयन गानादा फुटसल गोल्डकप भदौ २० र २१ गते हुने

काठमाडौं । हिमालयन फुटबल क्लबको आयोजनामा हुने हिमालयन गानादा फुटसल गोल्डकप २०८१ आगामी भदौ २० गतेदेखि हुने भएको छ।

आयोजक हिमालयन फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो।

गानादा एनुकेसनल कन्सल्टेन्सी मुख्य प्रायोजक रहेको प्रतियोगिता भदौ २० र २१ गते दुई दिने हुनेछ। प्रतियोगितामा ३२ भन्दा बढी क्लबहरूको सहभागिता हुनेछ।

भदौं १५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ  दुई दिन चल्ने फुटसल प्रतियोगितामा करिब ४ हजार दर्शक उपस्थित हुने आयोजकको विश्वास छ।

प्रतियोगिताको विजेताले नगद दुई लाख, उपविजेताले एक लाख, फेयर प्ले टिमले २० हजार, उत्कृष्ट खेलाडीले १० हजार र उत्कृष्ट गोलकिपरले पनि १० हजार पाउनेछन्।

प्रतियोगिताको सबै खेल भाटभटेनी हेल्थ क्लब, चुच्चेपाटी चाबहिलमा हुनेछ।

यो खुल्ला प्रतियोगिता भएकोले सबै खाले खेलाडी र टिमले सहभागिता जनाउन सकिने हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →