TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Dec 16, 2025 · Swadesh

हर्षल बने महिला टिमको प्रशिक्षक

हर्षल बने महिला टिमको प्रशिक्षक

नेपाली महिला राष्ट्रिय टिमले मंगलबार पहिलो पूर्णकालीन विदेशी प्रशिक्षक पाएको छ र उनी हुन्, भारतका हर्षल पाठक । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई महिला राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । 


अब हर्षलको नेतृत्वमा नेपालले अर्को महिना हुने आईसीसी ट्वान्टी ट्वान्टी ग्लोबल छनोट खेल्नेछ । यो नेपाली भूमिमा हुने अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको औपचारिक प्रतियोगिता हो । 


हर्षल यसअघि थाइल्यान्ड टिमको प्रशिक्षक थिए । नेपाल ग्लोबल छनोटको समूह ‘बी’ मा छ । त्यसमा नेपालसँगै थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बावे छन् । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →