← समाचारमा फर्कनुस्
हाल्यान्डको ह्याट्रिकमा सिटीको जित

काठमाडौं। इर्लिङ हाल्यान्डको ह्याट्रिकसँगै साबिक विजेता म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा पुनरागमन जित दर्ता गरेको छ।
शनिबार भएको खेलमा सिटीले पाहुना टोली इपस्विप टाउनमाथि ४–१ को जित हासिल गरेको हो। लगातार दोस्रो जित हासिल गरेको सिटीले ६ अंक जोडेको छ।
खेलको सातौं मिनेटमै घरेलु टोली १–० ले पछि परेको थियो।
इपस्विपका सामीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर, सिटीका लागि खेलको चार मिनेटमै हाल्यान्ड र ब्रुएनाले गोल गर्दै जित दिलाए।
१२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै हाल्यान्डले सिटीलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि ब्रुएनाले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए। १६औंं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले अग्रता ३–१ मा पु¥याएको थियो।
पहिलो हाफमा तीन गोल गरेको सिटीबाट ८८औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गरे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |