← समाचारमा फर्कनुस्
Cricket Apr 05, 2023 · Nepalsports

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुरजात टाइटन्सले लगातार दोस्रो जित दर्ता गराएको छ।

दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १६३ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६२ रन बनाउदा विजय शंकरले २९ र डेबिड मिलरले ३१ रन बनाए ।

दिल्लीका लागि एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

दिल्लीका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ३७,अक्षर पटेलले ३६, सरफराज खानले ३० र अबिशेक पोरेलले २० रन बनाए।

गुजरातका लागि मोहम्मद शामी र राशिद खानले समान ३-३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।

यो संगै गुजरातले २ खेलमी ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको  छ । उता लगातार दोस्रो हार बेहोरेको दिल्ली अंकविहीन रहदै पुच्छारमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →