← समाचारमा फर्कनुस्
Cricket Apr 01, 2023 · Nepalsports

गुजरातको आइपिएलमा विजयी शुरुवात

गुजरातको आइपिएलमा विजयी शुरुवात

काठमाडौ- गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी शुरुवात गरेको छ ।

नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गुजरातले चेन्नई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको हो।

चेन्नईले जितका लागी दिएको १७९ रनको लक्ष्य पछाएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

गुजरातका लागी शुभमन गिलले सर्बाधिक ६३ रन बनाए त्यस्तै  विजय शंकरले २७, रिद्धिमान शाहले २५ रन बनाए।

चेन्नईका लागी राजवर्धन हान्गारगेरकरले सर्वाधिक  ३ विकेट लिदा तुषार देशपाण्डे र रविन्द्र जडेजाले समान एक-एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्रेको चेन्नईले पुरा ओभर खेल्दै ७ विकेटको क्षतिमा  १७८ रन बनाएको थियो ।

चेन्नईका लागि ऋतुराज गायकवाडले सर्बाधिक ९२ रन बनाउदा मोईन अलीले २३ रन बनाए। 

गुजरातका लागी मोहमद शामी, राशिद खान र अल्जारी जोसेपले समान २-२ विकेट लिदी जोश लिटिलले एक विकेट लिए ।

यो जितसंगै गुजरातले लिगमा दुईअंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →